Tuesday, May 17, 2022
घरभिडियोकांग्रेसले सम्झियो पूर्व केन्द्रीय सदस्य भरत शमशेरलाई

कांग्रेसले सम्झियो पूर्व केन्द्रीय सदस्य भरत शमशेरलाई

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य भरत शमशेरको १३ औं दिनको पुण्यतिथीको अवसर पारेर देशैभरी श्रद्धाञ्जली सभा आयोजना गरेको छ । यसअघि राणाको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले साउन २७ गतेदेखि तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाएको थियो ।

१९८४ पुष २४ मा जन्मिएका शमशेरको गत साउन २५ गते ९० वर्षको उमेरमा निधन भएको थियो । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेर सत्ता हातमा लिएपछि उनले प्रजातन्त्रलाई साथ दिँदै आफ्नो पार्टी गोरखा परिषद्लाई निशर्त कांग्रेसमा विलय गराएका थिए । यसअघि उनी २०१५ सालको निर्वाचन पछि गठित वीपी कोइराला नेतृत्वको सरकारमा प्रतिपक्षी दलका नेता थिए ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा, भार्इ सागर शम्शेर राणालगायतले शोक मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा सभापति देउवा र वरिष्ठ नेता पौडेलले भरत शमशेरको निधनले पार्टीलाई अपूरणनीय क्षति पुगेको बताएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments