Tuesday, July 27, 2021
घरसमाचारलोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्न : प्रधानमन्त्री

लोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्न : प्रधानमन्त्री

मोरङ- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने बताएका छन् ।

प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा बुधबार पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।’

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments