एजेन्सी । एक साता लामो वर्षा र बाढीका कारण भारतको केरलाबाट १० लाख बढी मानिस विस्थापित भएका छन् । हजारौंलाई राहत शिविरमा राखिएको छ । बाढीका कारण केरलामा ४ सय जनाको मृत्य भएको बीबीसीले जनाएको छ । बाढीको पानी नघटेका कारण अझै पनि उद्धार कार्य जारी छ । हजारौं मानिस उद्धारको पखाईमा छन् । केरलामा शताब्दीकै ठुलो बाढी गएको भनिएको छ । पानी पर्ने क्रम कम भएपछि प्रभावित क्षेत्रमा सरुवा रोगको महामारी फैलिने सम्भावना रहेपछि सरसफाईलाई तीब्रता दिईएको छ । ४४ वटा नदी रहेको केरलामा बाँध खुला गर्न समय लगाएका कारण समेत बाढी गएको आरोप लगाईएको छ । पानीको अतिरिक्त निकास नहुँदा बाँध खोल्न ढिला गरेकाले वर्षाको पानी जम्मा भएको थियो ।
बाढीका कारण भारतको केरलाबाट १० लाख बढी मानिस विस्थापित
RELATED ARTICLES