Wednesday, October 27, 2021
घरसमाचारट्याक्सी चलाकहरुले आजदेखि ड्रेस लगाउनुपर्ने

ट्याक्सी चलाकहरुले आजदेखि ड्रेस लगाउनुपर्ने

काठमाण्डौ । काठमाडौंमा भाडाका ट्याक्सी चलाउने चालकहरुले आजदेखि ड्रेस लगाउनुपर्ने भएको छ । बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरी काठमाडौंमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भए पनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ ।

एक महिना भित्र सबै ट्याक्सी ड्राईभरले ड्रेस नलगाए कारबाही हुने वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिनुभयो ।उहाँले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यात्रुलाईलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सी भित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता ड्राईभरलाई कानुनी कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्य रुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुसासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिनुभयो ।उहाँले पुर्वाधार, उपयुक्त पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसग माग गर्नुभयो ।

माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरुलाई कारबाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।सरकारले ट्राफिक कार्यालयहरु र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाडौं उपत्यकासँगै देशभर भाडाका ट्याक्सी चलाउने सवारी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments