Friday, July 30, 2021
घरBanner Newsकलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बन्द

कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बन्द

काठमाण्डौ । नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नवित्दै बन्द भएको छ । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।तर अण्डरपास तुरुन्तै फेरि खुलाउने नखुलाउने भन्ने निश्चित भइसकेको छैन । अण्डरपास खुलाए पनि अत्यधिक धुलो उडेकाले सफाईका लागि बन्द गर्नु परेको आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए ।अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ ।

अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २५ मिनेट जाममा बस्न बाध्य भएको प्रहरीले जनाएको छ ।चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि सुरु भएको थियो । साउन १ गतेदेखि नै सरु गर्ने गरी निर्माण भएको अण्डरपास अन्ततः भदौ १ गते बिहीबारदेखि सञ्चालनम आएको थियो ।

सन् २०१६ मा सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गरिएको थियो । यो अन्डरपास नेपालकै पहिलो हो । अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । अन्डरपास सञ्चालन भएसँगै कलंकीको जाम हट्ने विश्वास लिइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments