Monday, June 14, 2021
घरअर्थ र विकासब्याजको स्प्रेड दर साढे चार प्रतिशतभन्दा तल झारिने

ब्याजको स्प्रेड दर साढे चार प्रतिशतभन्दा तल झारिने

काठमाडौं। नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर साढे पाँच प्रतिशतभन्दा पनि तल झार्ने भएको छ। संसदको अर्थसमितिमा गभर्नर डा. चिरञ्जिबी नेपालले स्प्रेड दर ४.४ प्रतिशतमा झार्ने बताएका हुन्।

पाँच बर्षपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर चालु बर्ष साढे चार प्रतिशतमा झारिएको थियो। यसअघि ५ प्रतिशत स्प्रेड थियो। साढे चार प्रतिशतमा चालु बर्षको असार मसान्तसम्म झारिसक्नु पर्छ। गभर्नर नेपालले आर्थिक बर्ष २०७७/७८ बाट स्प्रेड दर साढे चार प्रतिशतबाट पनि झारेर ४.४ प्रतिशत कायम राख्ने बताए।

राष्ट्र बैंकले २०७० असोज २४ गतेबाट पहिलो पटक स्प्रेड दर कार्यान्वयमा ल्याएको थियो। कतिपय बैंकहरुले पाँच प्रतिशतभन्दा बढि स्प्रेडमा काम गरिरहेका छन्। बैंकहरुले स्प्रेड दरलाई गम्भिर रुपमा नलिइ मनपरी गर्न थालेपछि राष्ट्र बैंकले २०७४ फागुन २८ गते कारवाही गरिने निर्देशनसमेत जारी गरेको थियो। त्यसपछि गत असारको वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये तीन वटाले पाँच प्रतिशतभन्दा माथि स्प्रेडमा काम गरेको फेला परेको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बैंकहरुको नाफा उच्च भएको भन्दै ब्याज दर नियन्त्रणका लागि स्प्रेड दर घटाउन राष्ट्र बैंकलाई दवाव दिएको थियो। त्यसलगत्तै आएको पाँच वर्षे रणनीतिक योजनाले स्प्रेड दर घटाउने बारे बोलेको थियो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments