Saturday, January 22, 2022
घरअर्थ र विकासन्यौपानेका नाममा फेलोसिप

न्यौपानेका नाममा फेलोसिप

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले फ्याक्ट रिसर्च एन्ड एनालिटिक्स रिसर्चसँग मिलेर ‘सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप’को घोषणा गरेको छ।

आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउनेबारे सेजन र फ्याक्ट्सबीच सम्झौता भएको छ। फेलासिपका लागि सुरुमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ।

कम्पनीका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले उक्त रकममा वृद्धि गरिनेछ। हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर फेलोसिप वितरण गरिने जारी विज्ञप्तिमा उल्लेख छ।

फेलोसिपका लागि सेजनका पूर्वअध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजन अध्यक्ष या कार्यसमितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ।

सम्झौतापत्रका सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनीष झाले हस्ताक्षर गरेको विज्ञप्तिमा छ। डेढ वर्षअघि निधन भएका सञ्जय न्यौपानेले सेजन उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments