Tuesday, November 30, 2021
घरविशेषभारतलार्इ पाकिस्तानको आग्रह: सहमति नभएसम्म वार्ता गरौं

भारतलार्इ पाकिस्तानको आग्रह: सहमति नभएसम्म वार्ता गरौं

इस्लामावाद : पाकिस्तानका नवगठित सरकारका विदेशमन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गरेका छन् । भारतसँगको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उनले विशेष जोड दिएका छन् ।
‘हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ’, पाकिस्तानका नयाँ विदेशमन्त्री शाह मेहमुद कुरेशीले भने । दोस्रोपटक विदेशमन्त्री भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले भारतसँगको सम्बन्धकै विषयमा बढी जोड दिएका हुन् । यसअघि आइतबार दिएको पहिलो टेलिभिजन सम्बोधनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतसँगको सम्बन्ध सुधार्नेतर्फ आफ्नो जोड रहने बताएका थिए ।
 ‘हामीसँग लामो समस्या छ, मलाई वार्ताभन्दा बाहिरबाट यसको समाधान हुन्छ भन्ने लाग्दैन’, कुरेशीले भने । उनले भारत र पाकिस्तानबीचमा निकास ननिस्किँदासम्म नटुंगिने वार्ताको आवश्यकता रहेको बताए । बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि नै भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन । विशेष गरी कश्मीर क्षेत्र आफ्नो देशको सिमानाभित्र पर्ने दुवै पक्षले दावी गरेकाले विवाद हुँदै आएको हो ।
त्यही विवादका कारण उनीहरूले तीनपटक युद्ध गरेका थिए । खानलाई बधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाएको पनि कुरेशीले जानकारी दिए । भारतीय विदेश मन्त्रालयले भने कुनै औपचारिक पत्र नपठाएको पनि उनले पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन् ।
विदेशमन्त्री कुरेशीले नयाँ शिराबाट अफगानिस्तानसँगको प्रेम र मित्रता अगाडि बढाउन चाहेको सन्देश दिन आफूले अफगानिस्तानको पनि भ्रमण गर्ने इच्छा रहेको बताएका छन् । ‘अफगानिस्तानमा शान्ति र स्थिरता नहुँदासम्म पाकिस्तानमा पनि शान्ति र स्थिरता हुँदैन’, उनले भने । खान नेतृत्वको मन्त्रिपरिषद्मा पनि विदेशमन्त्रीको जिम्मेवारी पाएका कुरेशी यसअघि सन् २००८ देखि २०११ सम्म पनि विदेशमन्त्री थिए ।
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments