Sunday, December 5, 2021
घरअर्थ र विकासरसुवागढी आयोजनाको सुरुङ निर्माणमा 'ब्रेक थ्रु'

रसुवागढी आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’

रसुवा – निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य सोमबारदेखि सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ सोमबार बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैरेले बताए ।

“आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेब्रुअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन भइसक्छ”, उनले भने । १३ अर्ब ६४ करोडको लागतमा सन् २०१४ देखि निर्माण सुरु भएको आयोजना प्रमुख गैरेले जानकारी दिए ।

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments