चितवन । भरतपुर र माडीमा भएको सामूहिक बलात्कारका छुट्टाछुट्टै घटनामा संलग्न भएको आशंकामा ७ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३० गते राति भरतपुर– ११ की १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा परेको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पीडित बालिकालाई दिउँसो नारायणगढ पुलचोक पु¥याइ दिने भनी बालक सहचालक र आकाश थापा चालक भएको म्याजिक गाडीमा राखेर दिनभर गाडीमा राखेर लगिएको थियो ।
रातको समयमा भरतपुर महानगरपालिका–११ स्थित डीएसएम मिनरल वाटर कम्पनीमा पु¥याई सामूहिक रुपमा जबरजस्ती करणी गरेको पीडितले दिएको दरखास्तमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।त्यसैगरी १५ वर्षीय बालिकालाई माडीमा भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पीडित बालिका र उनको साथी सँगै पैदल हिडेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका ती युवाले घर पु¥याइ दिने बहानामा साथीसँग छुटाई एकान्त स्थानमा लगेर दुवैले पालैपालो जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।