काठमाण्डौ । काठमाडौंको बबरमहलस्थित निजी निवासमा भएको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको निवासमा कार्यरत् कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो । धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।
पूर्वराजदूत हत्या प्रकरण : ३ जना नियन्त्रणमा
RELATED ARTICLES