Wednesday, September 22, 2021
घरविश्वअफगानिस्तानमा १ सय ५० सर्बसाधरण अपहरण

अफगानिस्तानमा १ सय ५० सर्बसाधरण अपहरण

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा आतंककारी समूह तालिबानले सर्बसाधरण सवार तीनओटा बसलाई नियन्त्रणमा लिएको छ । अपहरणमा परेका बसहरुमा १ सय ५० यात्री रहेको जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् ।स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिएका छन् ।अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गरेको एक दिनपछिभोलीपल्टनै तालीवानले सर्वसाधरणको अपहरण गरेको छ । अपहरणमा परेका ती यात्रीलाई अपहरण मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ । सरकारले घोषणा गरेको यस युद्धविरामकाबारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments