महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ मा तीर्थ यात्री बोकेर मन्दिरबाट फर्किदै गरेको अटो रिक्सालाई बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमकालागी छुटेको मे१ख २५३७ नम्बरको बसको ठक्करबाट ज१ह ११२६ नम्बरको अटोरिक्साका चालक बर्दिवास नगरपालिका ५ का ५० वर्षीय होमबहादुर लोप्चनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
दुर्घटनामा परी अटोरिक्सामा सवार अन्य ७ जना घाइते भएका छन् ।उनीहरुको बर्दिवासको स्थानीय हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।