Wednesday, July 28, 2021
घरखेलकुदनेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाण्डौ । आगामी भदौ १३ देखि २१ सम्म मलेसियामा हुने एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गरेको छ । श्रीलंका प्रस्थान गर्नुअघि नेपाली टोलीलाई संघीय संसदका सभामुख कृष्णबहादुर महराले सोमबार बिहान आफ्नो सरकारी निवासबाट बिदाई गरेका छन् । उनले क्रिकेटले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेकोमा खुसी व्यक्त गर्दै अझै राम्रो प्रदर्शनका लागि शुभकामना समेत दिए । विदाईपछि पत्रकारसँग बोल्दै कप्तान पारस खड्काले यो प्रतियोगिता आफ्नो टिमका लागि निकै महत्वपूर्ण रहेको र अहिलेको लयलाई कायमै राखेर अगाडि बढ्ने बताए ।

नेपाली टिममा १४ खेलाडी सहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन् । हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने भने उतैबाट भदौ १२ गते मलेसिया आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।श्रीलंकामा १० दिन रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । नेपालले श्रीलंकामा श्रीलंकामा एक साताको अवधीका नेपालले स्थानीय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, २४ मा ब्लुमफिल्ड र २६ मा कोल्ट क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपाली टोली उतैबाट अगष्ट २७ मा मलेसिया जानेछ । नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments