Sunday, October 17, 2021
घरविशेषदक्षिण र उत्तर कोरियाका दर्जनौँ परिवारबीच पुर्नमिलन कार्यक्रम हुँदै

दक्षिण र उत्तर कोरियाका दर्जनौँ परिवारबीच पुर्नमिलन कार्यक्रम हुँदै

एजेन्सी । द्वन्द्व र दुई कोरियाको विभाजनका कारण छुट्टिएका दक्षिण र उत्तर कोरियाका दर्जनौँ परिवारबीच पुर्नमिलन कार्यक्रम हुँदैछ । ३ वर्षपछि हुन लागेको सो पुनर्मिलनका दक्षिण कोरियालीहरु उत्तर कोरिया पुग्ने बीबीसीले उल्लेख गरेको छ । आफ्ना छुट्टिएका परिवारलाई भेट्न उत्तर कोरिया जान लागेको टोलीमा एक सय दक्षिण कोरियालीहरू रहेका छन् । उनीहरूमध्ये अधिकांश वृद्धवृद्धा छन् । उनीहरू सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेला आफ्ना परिवारबाट छुट्टिएका थिए ।

दक्षिण र उत्तर कोरियामा विभाजित परिवारबीचको पुनर्मिलन कार्यक्रम प्रसिद्ध पर्यटकिय स्थल माउन्ट कुम्गाङ्गमा हुने जनाइएको छ । विगतमा पनि यस्ता खाले पुनर्मिलनका कार्यक्रम हुने गरेपनि ८० वर्षको उमेर टेकिसकेका कोरियालीका यो कार्यक्रम झण्डै ६० वर्ष यता पहिलो पटक गर्न लागिएको हो । दक्षिण कोरियाली रेड क्रसमा ५७ हजार दक्षिण कोरियालीहरूले उत्तरमा रहेका आफ्ना छुट्टिएका परिवारका सदस्यसँग पुनर्मिलनको लागि आबेदन दिएको बीबीसीले उल्लेख गरेको छ । सोल र प्योङ्याङमा रहेका दुई कोरियाली सरकारबीचको तनाव केही मत्थर भएपनि प्राविधिक रूपमा भने दुर्व मुलुक अहिले पनि युद्धको अवस्थामा रहेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments