Thursday, September 23, 2021
घरविशेषपूर्वराजदूत केशव झा निवासमै मृत भेटिए

पूर्वराजदूत केशव झा निवासमै मृत भेटिए

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ।

प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको हो। ओलम्पिया स्कूल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए।

घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको हो। धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनास्थल आइपुगेको प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ।

घटनास्थलमा महानगरीय प्रहरी प्रमुख डिआईजी मनोज न्यौपाने, काठमाडौं प्रहरी प्रमुख वसन्त लामा र अपराध महाशाखा धिरजप्रताप सिंह पुगेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments