Friday, July 30, 2021
घरखेलकुदरोनाल्डो विनाको ला लिगामा रियल मड्रिडको विजयी शुरुवात

रोनाल्डो विनाको ला लिगामा रियल मड्रिडको विजयी शुरुवात

ला लिगा सिजनमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियलले गेटाफेलाई २-० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन डानी र ग्यारेथ बेलले गोल गरे ।

२० औँ मिनेटमा कार्वाहालले गोल गर्दै रियललाई पहिलो हाफमा एक शुन्यको अग्रता दिलाए । ५१ औँ मिनेटमा बेलले गोल गर्दै रियलको दुई शुन्यको जित दिलाए । गेटाफेसँगको खेलमा एसेन्सिओ, बेल र करिम बेन्जिमा पहिलो पंक्तिमा थिए ।

रोनाल्डो ९ वर्षको बसाईपछि १ सय १२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछिको पहिलो ला लिगा सिजनमा स्पेनिस क्लबले विजयी सुरुवात गरेको हो । रोनाल्डो गए पनि उनको ठाउँमा अर्को खेलाडी रियलले अनुबन्ध गरेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments