Tuesday, July 27, 2021
घरBanner Newsपेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ ।

हवाई इन्धनमा समेत प्रतिलिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments