Monday, June 14, 2021
घरBanner Newsकालिमाटी तरकारी बजारका व्यापारीले थुने सरकारी अनुगमन टोलीलाई

कालिमाटी तरकारी बजारका व्यापारीले थुने सरकारी अनुगमन टोलीलाई

काठमाडौँ : तरकारी खरिद विक्रिमा बिचौलियाको संलग्नताबारे अनुमगन गर्न कालिमाटी तरकारी बजार पुगेको सरकारी टोलीलार्इ व्यापारीले भित्रै थुनिदिएका छन् ।

सोमबार बिहान कालीमाटी पुगेको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीहरुले भित्रै थुनेर बाहिर नारावाजी गरेका छन् । अनुगमन टोलीले व्यापारीहरुसंग तरकारी खरिद गरेको विल मागेपछि व्यापारीहरु विरोधमा उत्रिएका हुन् । किसानसंग सस्तो मूल्यमा तरकारी खरिद गरेर उपभोक्तालार्इ चर्को मूल्यमा विक्री गर्ने व्यापारीविरुद्ध सरकारले अनुगमन सुरु गरेको हो ।

विहान काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि अनुगमन टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने ललितपुरबाट तरकारी बोकेर आएको अर्को गाडीका चालक भने गाडी छोडेर भागेको अनुगमन टोलीले बताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments