Wednesday, July 28, 2021
घरखेलकुदनेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको अध्यक्षतामा ३५ सदस्यिय कार्यसमिति भयन गरेको छ । शनिवार काठमाण्डौमा भएको साधरण सभा तथा निर्वाचन बाट नयाँ नेतृत्व चयन भएको हो । संद्धको उपाध्यक्षमा राम चन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह सर्वसम्मत चयन भएका छन् भने महासचिवमा प्रकाश चन्द निर्वाचित भएका छन् । सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षको जिम्मेवारी नरेन्द्र वलीलाई दिइएको छ ।

४० जिल्लाका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको प्रतिनिधि सभा सांसद नारदमुनी रानाले उद्घाटन गरेका थिए । आजै बसेको कार्यसमिति बैठकले मनोज घिमिरेलाई उपाध्यक्षमा, सचिवमा सुदनसिंह सिलवाल, रजनी थापा र विष्णु कँडेल तथा सदस्यहरुमा बहादुर सिंह ओड, अनुप अधिकारी, लाल बहादुर राना जगदिश कुईकेल, निरज कार्की, राम थापा, गौरी शंकर राई र चन्द्र राष्कोटीलाई कार्यसमितिमा मनोनित गरेको छ ।कार्यसमितिले माननिय नारदमुनी राना, जय बहादुर चन्द, बटु लामिछाने, ललित कुमार अग्रवाल, टेकराज पौडेल र डोलनाथ खनाललाई सल्लाहकारमा मनोनित गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments