एजेन्सी । ईजिप्टमा साईबर क्राईम सम्बन्धी कानुनले सरकार विरोधी सबै बेवसाईट माथि प्रतिबन्ध लगाएको छ । संविधान, राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा असर पुग्ने वेबसाईट सञ्चालन गर्ने वा सर्फ गर्नेलाई कैद वा जरिवाना गराईने बीबीसीले उल्लेख गरेको छ । नयाँ परिवर्तनले अस्थिरता तथा आंतकवादलाई निरुत्साहित गर्ने ईजिप्ट प्रशासनले दाबी गरेको छ ।
मानवअधिकारवादी संस्थाले सरकार ईतरका राजनीतिक शक्तिलाई मिच्न नयाँ साईबर कानुन ल्याईएको आरोप लगाएका छन् । सरकारले ५ सय भन्दा बढी वेबसाईट प्रतिबन्ध लगाइसकेको छ । ५ हजार भन्दा बढी फलोअर रहेको सामाजिक सञ्जालका अकाउण्ट माथि समेत निगरानी बढाईने बीबीसीले उल्लेख गरेको छ । प्रशासनको प्रतिबन्ध प्रति सर्वसाधारणले भने असन्तोष व्यक्त गरेका छन् ।