Wednesday, June 16, 2021
घरसमाचारसीमावर्ती क्षेत्रमा बाँधका कारण उत्पन्न समस्या समाधान गर्नुपर्छ : पूर्व नेपाली राजदुत...

सीमावर्ती क्षेत्रमा बाँधका कारण उत्पन्न समस्या समाधान गर्नुपर्छ : पूर्व नेपाली राजदुत उपाध्याय

कपिलवस्तु । भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको सीमावर्ती क्षेत्रका बाँधका कारण उत्पन्न भएको समस्या समाधानका गर्न भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले सरकारसँग आग्रह गरेका छन् । कपिलवस्तुको सीमा क्षेत्रमा रहेको महली सागर, बजाहा र मर्थी बाँधबाट नेपाली कृषकहरुको धान खेत डुबानमा परेको क्षेत्रको अवलोकन पछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्व राजदुत उपाध्यायले प्राविधिक तथा कुटनितिक प्रयासबाट समस्या समाधान हुन सरकार गम्भीर हुनुपर्ने बताए ।

महलीसागर बाँध निर्माण कार्य रोकिएको भए पनि भारतीय पक्षबाट बाँधमा काठको फलेक अर्थात पटरा लगाएर पानी रोकेका कारण यस वर्ष डुबानको समस्या यो क्षेत्रमा बढेको हो । डुबानका कारण सीमा क्षेत्रका करीब ३ सय हेक्टर धान खेत डुबेको छ । कृषकहरुले २ पटक सम्म धान खेती गरेको धान सबै गलेर नष्ट भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments