Tuesday, June 15, 2021
घरविशेषनागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

नागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । तर, सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्न सचेत गराएका छन् ।राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया अनुसरण गरी सूचनाको हक उपयोग गर्न आग्रह गरेका छन् ।

राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँच हनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताएका छन् । सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीको सुझाव छ । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments