Sunday, October 17, 2021
घरBanner Newsजार्कातामा नेपालीको गाइजात्रा, कोषाध्यक्ष सहित १२ को नाम फुटवल प्रशिक्षकमा

जार्कातामा नेपालीको गाइजात्रा, कोषाध्यक्ष सहित १२ को नाम फुटवल प्रशिक्षकमा

काठमाण्डौ, अलगधार संवाददाता
नेपालबाट कति खेलमा र कति खेलाडी गए भनेर सार्वजनिक नै नगर्ने नेपालका खेल अधिकारीको बेइज्जतीको शुरुवात फुटवलबाट हुन थालेको छ । नेपालले पुरुष फुटवलमा दुई खेल हारिसकेको छ । अव पाकिस्तान विरुद्ध खेल खेल्न बाँकी छ तर नेपालले पाकिस्तान विरुद्धका खेलमा ८ जना प्रशिक्षकलाई उतार्दैछ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । अचम्म नमान्नुहोस नेपालका फुटवल जानेका प्रशिक्षक मात्र होइन खेलको नाममा सामान्य ज्ञान समेत नभएका राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष शैलेश कर्माचार्य पनि नेपाली टिमको प्रशिक्षकको रुपमा मैदानमा देखा पर्ने भएका छन् । उनी सहित अन्य प्रशिक्षकहरुमा निरज बहादुर शाही, जनार्दन रिजाल, फिन्जी पासाङ शेर्पा, बाबुकाजी बस्नेत, रोशन तुलाधर,उपेन्द्र मान सिंह, बालगोपाल महर्जन, प्रवोध विर सिंह कंसाकार, ज्ञानेन्द्र श्रेष्ठ, मिलन हाडा र प्रकाश राज थापा रहेका छन् । सो खेलका लागी जापानी प्रशिक्षकको नाम एशियन गेम्सको वेवसाइटमा छैन । उता पाकिस्तानको प्लेयर लिष्टमा पनि आठ प्रशिक्षकको नाम राखिएको छ । नेपाल र पाकिस्तान विचको खेल आइतवार हुदैछ ।
यसबाट इन्डोनेशिया जानकै लागी कति सम्म बदमासी भएको छ भन्ने पुष्टि भएको छ । अहिले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र राखेप सदस्य सचिव केशव विष्ट सहितको टोली पनि त्यतै छ । अखिल नेपाल फुटवल संघ एन्फामा नया नेतृत्व आएपछि परिवर्तनको नारा घन्काउने वर्तमान नेतृत्वले यो कस्तो परिवर्तन गर्न खोजेको हो ? खेल प्रेमीले उत्तर खोजेका छन् । इन्डोनेशियाको जार्कातामा शनिवारबाट एशियन गेम्स औपचारिक रुपमा शुरु हुदैछ । तर नेपालीहरुको गाइजात्रा अहिले बाटै शुरु भैसकेको खेल विज्ञहरुले तर्क गर्न थालेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका पिए यु पि लामिछाने सहित अन्य दर्जनौ ब्यक्तिहरु पनि यस्तै विभिन्न नामका एग्रिडियन कार्ड भिरेर इन्डोनेशिया पुगेको त्यहाँ पुगेका राखेपका कर्मचारीले जानकारी दिए । प्राप्त जानकारी अनुसार राखेपकी सदस्य शान्ती सिंह एथलेटिक्सको प्रशिक्षक बनेर इन्डोनेशिया पुगेकी छिन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments