Thursday, July 7, 2022
घरसमाचारयुवकले गरे प्रेमिकाको हत्या

युवकले गरे प्रेमिकाको हत्या

विराटनगर- मोरङको ग्रामथान गाउपालिका ३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरि विभत्स हत्या भएको छ । विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार २३ वर्षकी शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्राईले धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेका हुन् ।

हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्राईलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिदै प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ गर्ने क्रममा ती युवकले स्थानीय बासिन्दालाई हतियारसहित प्रहार समेत गर्न खोजेको एसपी केसीले जानकारी दिए ।

त्यस क्रममा गाउलेसँग दोहोरो घम्साघम्सी हुदा छुराले भट्राईको हातमा चोट लागेको छ । पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments