Thursday, September 23, 2021
घरअर्थ र विकासअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अलपत्र

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अलपत्र

बुटवल । लुम्बिनी केन्द्रित सभा सम्मेलनका लागि भन्दै बुटवलमा निर्माणाधिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अलपत्र परेको छ । काठमाडौं बाहिरकै ठूलो सम्मेलन केन्द्रको काम ३ पटक म्याद थप गर्दा समेत पूरा भएको छैन । बुटवल मण्डपमा रहेको साढे १६ विगाहा जग्गामध्ये १० विगाहा क्षेत्रफलमा चन्द्र सूर्य आकारको सम्मेलन केन्द्र बनाउन ३ चरणमा काम थालिएको थियो । ३० महिनामा निर्माण पूरा गर्ने गरी २०७१ माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसुर्य जेबी कम्पनीले सम्मेलन केन्द्रको सभा हल ठेक्का लिएपनि अहिलेसम्म साढे २३ करोड रुपैया लागतको सुर्य आकारको सभाहलको काम ६५ प्रतिशत मात्र भएको छ ।

चरणको चन्द्रमा आकारको सभाहल निर्माण गर्न गत वर्ष ८० करोड रुपैयाँमा ठेक्कामा दिइएको छ तर ठेक्का पाएको आशिष निर्माण सेवाले फिल्ड स्तरको काम भने अझै सुरु गरेको छैन । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईका इन्जिनियर राजकुमार मण्डलले भने रुख कटानमा भएको ढिलाई, नाकाबन्दी लगायतले काममा ढिलाइ भएको बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments