Sunday, December 5, 2021
घरBanner Newsप्रधानमन्त्री ज्यु टेस्टियुव वेवी जन्माउनुहोस् : हिसीला यमी

प्रधानमन्त्री ज्यु टेस्टियुव वेवी जन्माउनुहोस् : हिसीला यमी

काठमाण्डौ । नया शक्ति नेपालकी नेतृ हिसीला यमीले प्रधानमन्त्री के.पी शर्माओलीलाई टेस्टुयुव वेवी जन्माउन आग्रह गरेकी छन् । प्रधानमन्त्री ओलीले महिलाहरुको विषयमा गम्भिर नबनेको भन्दै नेतृ यमीले प्रधानमन्त्रीलाई अभिभावकत्व बोध गराउनकालागी बैज्ञानिक प्रविधिको सदुपयोग गरेर बच्चा जन्माउन आग्रह गरेकी छन् । आज काठमाण्डौमा आयोजना भएको समाजमा बलत्कार बढोत्तरी किन रु बिषयक अन्तरकृयामा सहभागी यमीले अलगधारसंग कुरागर्दै भनिन्“प्रधानमन्त्रीको बच्चा छैन त्यसैले उहाँले महिलाको बिषयलाई ट्याउट्याउ गरेको भन्नुभयो ,मैलै प्रधानमन्त्री ओलीलाई के सल्लाह दिन्छु भने टेस्टियुव वेवी जन्माउनुस् त्यो पनि बालिका अनि बल्ल थाह हुन्छ ” महिलाको बिषयमा अब सशक्त रुपले अघि बढ्ने बताईन् ।

कैलालीको घटनाले सबैलाई स्तब्ध पारेको बताउदै अब सबै एकजुट भएर बलत्कारका घटनाको अन्त्य गर्न तर्फ लाग्नुपरेको बताईन् । महिलाको आत्म सम्मानमा ठेस पु¥याउन केसीस् गर्ने कसैलाई पनि नछाड्ने बताईन् । यस्तै कार्यक्रममा बोल्ने अधिकाम्सले सामाजिक सोच परीवर्तन नभएसम्म यस्ता घटना नरोकीने बताए । यस्तै देशभक्त जनगणतान्त्रीकका नेता सिपी गजुरेलले महिलाका बिषयलाई अब पुरुषहरुले पनि साथ दिने समयआएको बताए । जवसम्म महिलासंगसंगै पुरुष हुदैन तवसम्म परीवर्तन हुन नसक्ने बताउदै कुरीति कुसंस्कारका विरुद्ध महिला पुरुष एक भएर लाग्ने बताए । यस्तै सांसद रेखा शर्माले महिलालाई समाजमा समान बनाउन संसदमा पहल गरीरहेको बताईन् ।

कार्यक्रममा बोल्ने अधिकाम्सले महिला हिंसा अन्त्यकालागी घरबाटै छोराछोरीलाई समान शिक्षा र यौनका बिषयमा जानकारी दिनुपर्ने बताएका थीए । जसरी छोरीलाई बलत्कार हुन्छ जोगीन पर्छ भनेर शिक्षा दिन्छौँ त्सैगरी छोरालाईपनि बलत्कार गर्न हुदैन भनेर शिक्षा दिन सक्यो भने हिंसा न्युनिकरणहुनेमा सबैले जोड दिएका थीए । कार्यक्रम महिला शक्ति नेपाल , अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ(क्रान्तिकारी ),अखिल नेपाल महिला संघ क्रान्तिकारी,अखिल नेपाल प्रगतिशिल महिला संघ को आयोजनामा भएको थीयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments