Wednesday, October 27, 2021
घरसमाचारज्ञवालीले आज कार्यभार सम्हाल्दै

ज्ञवालीले आज कार्यभार सम्हाल्दै

काठमाण्डौ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त सुशील ज्ञवालीले आज कार्यभार सम्हाल्दै छन् । बिहान ११ बजे सपथ पश्चात पदभार ग्रहण गर्ने जनाईएको छ । केपी शर्मा ओलीको अघिल्लो सरकारले उनलाई सीईओमा नियुक्त गरेपनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले असक्षम भनी बर्खास्त गरेको थियो । तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि नयाँ बनेको नेकपा नेतृत्वको बर्तमान सरकारले फेरि ज्ञवालीलाई सीईओको जिम्मेवारी दिएको हो ।

२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुर्नस्थापनाको लागि गठन भएको प्राधिकरले मुस्किलले एक तिहाई काम सम्पन्न गरेपनि सीईओ भने ५ पटक नयाँ पाईसकेको छ । ८ लाख भूकम्पपीडितमध्ये हालसम्म २ लाख ६८ हजारको मात्रै घर पुनर्निर्माण भएको छ । चरम राजनीतिको चपेटामा परेको सीईओ पद सरकार परिवर्तन पिच्छे निशानामा पर्दै आएको छ । गठन भएलगत्तै २०७२ पौष १० गते गोविन्दराज पोखरेल सीईओमा नियुक्त भएपनि कामै सुरु गर्न नपाउँदै केपी ओली सरकारले उहाँलाई हटाएर ज्ञवालीलाई ल्याएको थियो ।

ओली सरकारपछि बनेको कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकारले फेरि पोखरेललाई नै प्राधिकरणको सीईओमा दोहोर्‍याएको थियो । स्थानीय तहको निर्वाचनताका पोखरेलले राजीनामा दिएपछि युवराज भूषाललाई सरकारले सो जिम्मेवारी दियो । ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचन आचारसंहिता लागु भएपछि फागुन ३ गतेसम्मको सवै राजनीतिक नियुक्ती खारेज गरेपछि सो पद रिक्त थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments