Sunday, August 1, 2021
घरअर्थ र विकासआर्थिक बृद्धि कसैले रोक्न सक्दैन : नेपाल

आर्थिक बृद्धि कसैले रोक्न सक्दैन : नेपाल

बुटवल । नेपाल राष्ट्र बैङकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले नेपालमा अब आर्थिक बृद्धि कसैले रोक्न नसक्ने बताएका छन् । ग्रामिण विकास लघुबित्त वित्तीय संस्थाको बुटवलमा भएको चौंथो वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर नेपालले गएको दुई वर्षदेखि सुरु भएको आर्थिक वृद्धिलाई कसैले रोक्न नसक्ने बताएका हुन् । ९८ प्रतिशत भूभागमा समय मै धान खेती भएकाले १.५ देखि २ प्रतिशतसम्म योगदान धानवाली हुने बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्न कुनै समस्या नभएको बताए । नेपाल सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ । उनले प्रविधिमैत्री सेवा प्रवाह गर्न वित्तीय संस्थाहरुलाई निर्देशन दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments