Wednesday, September 22, 2021
घरविश्वभारतका पूर्व प्रधानमन्त्री बाजपेयीको अवस्था गम्भीर

भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको अवस्था गम्भीर

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। गत ९ सातादेखि अस्पतालमा उपचार गराइरहेका बाजपेयीको स्वास्थ्य गम्भीर बनेको र जीवनरक्षाका लागि उनलाई एम्स अस्पतालको आइसीयुमा भेन्टिलेटरमा राखिएको खबर भारतीय मिडियाहरूले लेखेका छन्।

मिर्गौला खराब भएपछि बाजपेयी गत जुन ११ मा अस्पताल भर्ना भएका थिए। उनको पिसाब तथा छातिमा पनि संक्रमण देखिएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।

इन्डियन एक्सप्रेसका अनुसार बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एम्स अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले त्यहाँ ५० मिनेट बिताएका थिए।

सन् १९२४ मा जन्मेका बाजपेयी सन् १९९६ मा १३ दिन र सन् १९९८ देखि २००४ सम्म गरी दुईपटक भारतका प्रधानमन्त्री थिए।

१९८० देखि १९८६ सम्म भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गरेका उनले भाजपा पुनर्संरचनाको नेतृत्व समेत गरेका थिए। ९४ वर्षीय बाजपेयी सबैभन्दा पाका जीवित भारतीय पूर्व प्रधानमन्त्री हुन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments