Wednesday, October 27, 2021
घरBanner Newsचितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडाको मृत्यु: कारण के?

चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडाको मृत्यु: कारण के?

चितवन राष्ट्रिय निकुञ्जले ‘शून्य सिकार’ वर्ष मनाइरहँदा गत आर्थिक वर्षमा मात्र त्यहाँ २६ गैंडाको मृत्यु हुनुलाई स्वभाविक मान्न नसकिने संरक्षणविद्हरूले जनाएका छन्।

त्यसलाई प्राकृतिक मृत्यु भनिए पनि सङ्ख्याका हिसाबले धेरै र कतिपय अवस्थामा व्यवस्थापकीय कमजोरीका कारण त्यस्तो भएको संरक्षणविद्हरूले जनाएका छन्।

मृत्युको कारण आपसमा जुध्नु, बिरामी हुनु, बच्चा पाउन नसक्नु, बाढीले बगाउनुजस्ता पाइएको अधिकारीहरूले बताएका छन्। त्यस्तो अवस्था आउनुमा वासस्थानमा आएको परिवर्तन प्रमुख रहेको विज्ञहरूको मत छ।

सन् २०१५ मा भएको गैंडा गणनामा देशभरमा ६४५ एकसिङ्गे गैंडा पाइएकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६०५ गणना भएका थिए।चितवन राष्ट्रिय निकुञ्जले ‘शून्य सिकार’ वर्ष मनाइरहँदा गत आर्थिक वर्षमा मात्र त्यहाँ २६ गैंडाको मृत्यु हुनुलाई स्वभाविक मान्न नसकिने संरक्षणविद्हरूले जनाएका छन्।

त्यसलाई प्राकृतिक मृत्यु भनिए पनि सङ्ख्याका हिसाबले धेरै र कतिपय अवस्थामा व्यवस्थापकीय कमजोरीका कारण त्यस्तो भएको संरक्षणविद्हरूले जनाएका छन्।

मृत्युको कारण आपसमा जुध्नु, बिरामी हुनु, बच्चा पाउन नसक्नु, बाढीले बगाउनुजस्ता पाइएको अधिकारीहरूले बताएका छन्।

त्यस्तो अवस्था आउनुमा वासस्थानमा आएको परिवर्तन प्रमुख रहेको विज्ञहरूको मत छ।

सङ्ख्या
सन् २०१५ मा भएको गैंडा गणनामा देशभरमा ६४५ एकसिङ्गे गैंडा पाइएकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६०५ गणना भएका थिए। यो सङ्ख्या वर्षेनी ५ प्रतिशतका दरले बढिरहेको संरक्षण अधिकारीहरूले बताएका छन्।

मृत्युका कारण

१०: आपसमा जुधेर
४: बाढीले बगाएर
१: रूखले च्याँपेर
११: बच्चा जन्माउन नसकेर, बुढ्यौली र विभिन्न रोग लागेर

गैंडा स्थानान्तरणको विरोध

बाढीले बगाएको गैंडा चितवन घर फर्कियो

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल भन्छन्, ”माथिल्ला भागका महाभारत र चुरे क्षेत्रमा भएको प्राकृतिक दोहनका कारणले भएको भूक्षयले गर्दा तल्लो भागका सिमसार क्षेत्रहरू पुरिए र पानीका स्रोतहरू सुक्न थाले, घाँसे मैदान र तालतलैयाहरू पनि व्यवस्थित भएनन्।”

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments