रौतहट । गौरस्थित जुद्ध उच्च माध्यामिक विद्यालयका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । विद्यालयको भवन निर्माण गरिरहेको निर्माण कम्पनीबाट ठाकुरले घुस लिएको बुझिएको छ । उनले निर्माण कम्पनीसँग पटकपटक घुस मागेको सूचनाका पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले ठाकुरलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।
विद्यालयका लेखा सहायक ४५ हजार घुससहित रंगेहात पक्राउ
RELATED ARTICLES