Thursday, June 17, 2021
घरBanner Newsदोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुने

दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुने

काठमाण्डौ, अलगधार ।
आगामी शनिवार दोस्रो मिष्टर एभरेष्ट नेसनवाइड बडिविल्डिङ च्याम्पियनसीप हुने भएको छ । नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामा नेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने जानकारी बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष दिनेश अमात्यले दिनुभयो ।

शुक्रवार प्रि जजिङ राउण्ड संचालन हुने र शनिवार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुनेछ । प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुल खुशीबुमा संचालन हुनेछ ।

प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स तथा वुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स बडिविल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी भन्दा माथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स फिजिक्स तर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दा माथी हाइट भएका खेलाडीहरु विच प्रतिस्पर्धा हुनेछ ।

यता महिला फिटनेश तर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दा माथी हाइट भएका खेलाडीहरु विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ओभरअल विजेताले नगद तीन लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न समुहका विजेतालाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने वल्र्ड च्याम्पियनसीपमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् । यसै प्रतियोगिता मार्फत पहिलो पटक आयोजना हुन लागेको मेन्स फिजिक्स र वुमेन्स फिटनेस प्रतियोगिताका विजेतालाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएका छन् । अनुमानित ३० लाख रुपैया खर्च हुने सो प्रतियोगितामा सहभागी हुन काठमाण्डौ बाहिरबाट आउने खेलाडीलाई दैनिक भत्ताको पनि ब्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments