Monday, June 14, 2021
घरखेलकुदएन्फा अब प्रादेशिक संरचनामा जाने

एन्फा अब प्रादेशिक संरचनामा जाने

चितवन । अखिल नेपाल फुटबल संघ (एन्फा)को १७ औं विशेष साधारणसभा आज चितवनको सौराहामा जारी छ । होटेल सेभेन स्टारमा जारी विशेष साधारणसभालाई प्रदेश ३ का मूख्य मन्त्री डोरमणी पौडेलले समुद्घाटन गरे । विशेष साधारणसभाबाट एन्फाको विधान संशोधनका साथै आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा संचालन नियमवाली, खेलाडी दर्ता नियमावली संशोधन तथा निर्माण गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।विशेष साधारणसभामा ४५ वटा जिल्ला संघका तीनरतीन जना, १४ वटा ए डिभिजन क्लवका तीन÷तीन जना, चार वटा संघका तीन÷तीन, पर्यवेक्षकलगायतका गरी करिव ३०० जनाको सहभागिता रहेको छ ।

एन्फा अब प्रादेशिक संरचनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) अब प्रादेशिक संरचनामा जाने भएको छ । जसका लागि आज सौराहामा सुरु भएको १७ औं विशेष वार्षिक साधारणसभाले विधान संशोधन गर्दैछ । देश संघीय संरचनामा गईसकेकोले एन्फालाई पनि सोही अनुरुप लैजान लागिएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । “संघीयता लागु भईसकेको छ, अब एन्फाको पनि प्रदेश कमिटि बन्ने छ, सोही अनुरुप विधान संशोधन गर्दैछौं”–अध्यक्ष शेर्पाले भने ।

अध्यक्ष शेर्पाले कानुन विहीन चलेको एन्फालाई विधि विधान सम्मत संचालन गर्न विशेष साधारणसभा गरिएको बताए । उनले साधारणसभाबाटै पहिलो पटक एन्फाको आर्थिक नियमावली, कार्यसंचालन नियमावली, कर्मचारी नियमावली, खेलाडी नियमावली पारित गरिने बताए । “एन्फालाई विधि विधानमा राखेर चलाउन खोजेका छौं, एन्फा पूर्ण रुपमा पारदर्शी बन्ने छ”–अध्यक्ष शेपाले भने ।

भदौंबाट अनलाईनबाटै खेलाडी दर्ता
एन्फाले विशेष साधारसभा मार्फत खेलाडी दर्ता नियमावली ल्याउँदै छ । यस नियमावलीले खेलाडीलाई व्यवस्थापन गर्न सहज हुने एन्फाको भनाई छ ।सोही नियमावली अन्तरगत रहेर अब छिट्टै संचालन हुने लिग फुटबलका लागि खेलाडी दर्ता प्रक्रिय सुरु हुँदैछ । नेपाली फुटबल इतिहासमै पहिलो पटक अनलाईन प्रणालीबाटै पारदर्शी रुपमा खेलाडी दर्ता हुन लागेको छ । एन्फा अध्यक्ष शेपाले यही भदौं १ गतेबाट अनलाईन प्रणालीबाट खेलाडी दर्ता प्रक्रिया सुरु हुन लागेको जानकारी दिए । उनले यसरी खेलाडी दर्ता गर्दा बिमा अनिवार्य गरिएको बताए । अध्यक्ष शेर्पाले युवादेखी सबै खाले खेलाडीको नाम दर्ता अनलाईनबाटै हुने बताए ।

उनले खेलाडी दर्ता गर्दा लाग्ने शुल्क खेलाडीकै वृद्धिविकासमा सहयोग गरिने जानकारी दिए ।अध्यक्ष शेर्पाले यसपटकदेखी जिल्ला स्तरमा लिग फुटबल संचालन गरि त्यसबाट विजयी भएका टिहरुले प्रदेश हुँदै, एन्फा प्रेसिडेन्ट कप र शहीद स्मार ए डिभिजन लिग फुटबल खेल्न पाउने छन् । यसवर्ष देखी ए डिभिजन फुटबलमा रेलिगेसनमा नपर्ने गरी प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

चितवनका पाँच राष्ट्रिय खेलाडी सम्मानित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चितवनबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलि सकेका पाँच पूर्व खेलाडीलाई सम्मान गरेको छ । १७ औं विशेष वार्षिक साधारणसभाको अवसर पारी चितवनका पाँच खेलाडीलाई सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीहरुमा छन्नु महतो, करुणा गुरुङ, ललित थापा, सूर्यमान श्रेष्ठ र राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments