Thursday, July 7, 2022
घरसमाचारराष्ट्रिय पुनर्निर्माण प्राधिकारणको सीईओ मा पुनः  ज्ञवाली नियुक्त

राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको सीईओ मा पुनः  ज्ञवाली नियुक्त

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली यसअघि पनि प्राधिकरणको सीईओ भइसकेका व्यक्ति हुन् । उनलाई अघिल्लो पटक ओली सरकारले नै प्राधिकरणको सीआईओ बनाएको थियो तर प्रचण्ड सरकारले हटाएको थीयो । आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत गएका थिए ।

सीईओ पदमा चरम रानिति भएको छ । हरेक सरकारले भएका सीईओलाई हटाउने र आफू निकटलाई ल्याउने गरेका छन् । यसले गर्दा प्राधिकरणले प्रभावकारी रुपमा काम भने गर्न सकेको छैन ।ज्ञावलीको मुद्दा अझै सर्वोच्चमा विचाराधीन रहेको छ ।मुद्दा अझै सर्वोच्चमा विचाराधीन रहेको ज्ञवालीका कानुनी सल्लाहकार लेखनाथ भट्टराईले बताए । सीईओमा पुनर्वहाली गरिपाउँ भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । तर, सरकारले नियुक्ति दिएपछि उनी मुद्धा फिर्ता लिने तयारीमा रहेको बताईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments