Tuesday, July 27, 2021
घरविशेषभारतको प्रमुख प्राथमिकता सुरक्षा : प्रधानमन्त्री मोदी

भारतको प्रमुख प्राथमिकता सुरक्षा : प्रधानमन्त्री मोदी

भारत । भारतमा  आज ७२ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाईदै छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक बर्षको अगष्ट १५ तारिखका  दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।दिवसका  अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा हो भन्दै उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित रहेको बताए ।

संवोधनका क्रममा प्रधानमन्त्री मोदीले सन् २०२२ साल अगावै मानसहितको यान अन्तरीक्षमा पठाउने घोषण गरेका छन् । उनले महिलाहरुलाई पनि सेनामा महिलाहरुको सहभागीता बढाउन महिलाहरुका लागी बिषेस योजना ल्याउन लागेको बताए । साथै उर्जा , शिक्षा स्वाथ्य लगाएत नागरीकसंग प्रतक्ष्य जोडीएका बिषयमा आफु गम्भिर रहेको बताउदै यस अघिको सरकारसंग कामको तुलना समेत गरेका थीए । आफ्नो देशको क्षमता र स्रोत साधनको लाभ उठाएर चौथो औद्यौगिक क्रान्ति को नेतृत्व भारतले लिने समेत उद्धघोष गरे । उनले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने बताउदै त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको बताए । भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला उनको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन्  ।

समुद्र होस वा सीमा, साइबर होस वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि भारत सक्षम रहेको र  जुनसुकैका विरुद्धमा पनि लडन् सक्ने प्रधानमन्त्री मोदीको भनाई छ । पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ । जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ ।  भारतले पाकिस्तानलाई आतङ्ककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ । तर यसलाई पाकिस्तानले भने स्वीकारेको छैन ।  यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको जनाईएको छ  । स्वतन्त्रता दिवको  अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान पनि भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments