Sunday, October 17, 2021
घरसमाचारसुरक्षित मातृत्व सम्बन्धी विधेयक सदनबाट स्वीकृत

सुरक्षित मातृत्व सम्बन्धी विधेयक सदनबाट स्वीकृत

काठमाण्डौ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाबुको पहिचान नभए पनि आमाले भनेकै आधारमा जन्मदर्ता हुने प्रष्ट आधार सहित सरकारले विधेयक ल्याएको बताएका छन् ।आज प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकले बाबुको पहिचान नहुनुको कारण मात्रै खोजेको बताए ।

‘सुरक्षित मातृत्व प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रसूति बिदा, पोषणको अधिकार सबैका लागि नभएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गरेका थिए ।जवाफमा मन्त्री यादवले सरकारले प्रदेश सरकार र स्थानीय सरकारमार्फत अनुदान रकमको व्यवस्था गरी सबैलाई सुरक्षित मातृत्व अधिकार प्रदान गर्ने सरकारले लक्ष्य राखेको बताए । ‘ संविधानको धारा ३८ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व हुनेछ भन्ने अधिकारको व्यवस्था छ ।

यही अधिकार प्रत्योजनका लागि सरकारले ल्याएको सुरक्षित मातृत्व सम्बन्धी विधेयक सदनबाट स्वीकृत भएको छ ।सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले ९८ दिन सुत्केरी विदा पाउने, जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा विदा अपुग भएमा चिकित्सकको परामर्श बमोजिम थप एक महिना बिदा गर्न सकिने, पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन विदा दिने लगायतका व्यवस्था रहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments