Friday, July 30, 2021
घरविशेषटिकापुर हत्याकाण्ड घटनाको मुद्धा सुनुवाईको प्रक्रिया सुरु

टिकापुर हत्याकाण्ड घटनाको मुद्धा सुनुवाईको प्रक्रिया सुरु

धनगढी ।झण्डै तीन वर्षपछि टिकापुर हत्याकाण्ड घटनाको मुद्धा सुनुवाईको प्रक्रिया सुरु भएको छ। २०७२ भदौ ७ गते भएको घटनाको आज पहिलो पेशी जारी छ । पेशीका लागि टिकापुर घटनाको आरोपमा पक्राउ कैलाली कारागारमा रहेका २४ थुनुवालाई अदालतमा ल्याईएको श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए । ‘यसअघि म्याद तामेली हुन नसक्दा मुद्धाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन ।’ कठायतले भने, ‘अब प्रक्रिया सुरु भएको छ । अहिले घटनाका बादी प्रतिवादीसँग बुझ्ने काम भइरहेको छ ।

’उनले बादी तथा प्रतिबादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने बताए । थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडपमा १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । घटनामा संलग्न रहेको अभियोगमा रेशम चौधरीसहित २६ जना पुर्पक्षको लागि थुनामा छन् ।

एक नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र अन्यलाई कैलाली कारागारमा राखिएको छ ।उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनाको मुख्य योजनाकारको आरोप लागेको रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ । चौधरीको बिहीबारका लागि सर्वोच्च अदालतले पेशी तोकेको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments