Wednesday, October 27, 2021
घरसमाचारउत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेर प्रचण्ड भारत जाने

उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेर प्रचण्ड भारत जाने

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेर छिमेकी देश भारत जाने भएका छन् । आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो आएको थियो । तर, सोही समयमा भारत भ्रमणको मिति निश्चित गरिएकाले उनले यसपटक आउन नसक्ने जवाफ नेपालस्थित कोरियाली राजदूतावासमा दिएको स्रोतले जनाएको छ । प्रचण्डको सट्टामा अरु कसैलाई पठाउने कि नपठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्ने ती नेताले बताए ।उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई भ्रमणको निम्तो दिएको थियो ।

उक्त निम्तो पत्र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ्ग हकले प्रचण्डलाई हस्तान्तरण गरेका थिए । नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत सहभागी उक्त भेटमा प्रचण्डले राजदूतलाई उत्तर कोरिया जाने बताएका थिए । तर, पछि उनले व्यस्तताको कारण देखाउँदै उत्तर कोरिया जाने कार्यक्रम स्थगित गरे । यसअघि नेकपाका नेता माधवकुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेका थिए । प्रचण्डको भ्रमण स्थगित हुनुमा विदेशको राजनीतिले प्रभाव पारेको स्रोतको दाबी छ । प्रचण्डनिकट स्रोतले भने अन्य केही कारणले नभई समय अभावमात्रै भ्रमण स्थगनको कारकतत्व रहेको बताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments