Sunday, September 26, 2021
घरसमाचारबस र ट्रक एकआपसमा ठोक्किँदा १६ जना घाईते 

बस र ट्रक एकआपसमा ठोक्किँदा १६ जना घाईते 

तनहुँ । बस र ट्रक एकआपसमा ठोक्किँदा तनहुँमा १६ जना घाइते भएका छन् ।दमौलीबाट काठमाडौँकालागी छुटेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामापरी बस चालक सुवास राईसहित १६ जना घाईते भएका छन् ।

गम्भीर घाइते बस चालक राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments