Tuesday, November 30, 2021
घरविश्वइटालीमा पुल भत्किँदा ३५ को मृत्यु

इटालीमा पुल भत्किँदा ३५ को मृत्यु

इटाली : इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। उप–यातायात मन्त्रीले विज्ञप्ति सार्वजनिक गर्दै ३५ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको उल्लेख गरेका छन्।

घटनामा परी केही अन्य मानिस पनि सम्पर्कमा नआएका र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने उप–मन्त्री एडोआर्डो रिक्सीलाई उद्धृत गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जानकारी गराएको छ।

ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नाबशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताउका छन्।

घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारले भने पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नाबशेषमा फसेका छन्। पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राले नजिकैका घरहरूमा समेत क्षति पुगेको छ।

इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ। पुल ग्रीनबीच समय अनुसार मङ्गलबार बिहान १० बजे भत्किएको हो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments