अनुष्का र विराट कोहलीपछि लामो समयदेखि चर्चामा रहेको अर्काे जोडी दीपिका पादुकोण र रणवीर सिंहको बिहेको मिति तय भएको छ । उनीहरूले विवाहमा निम्त्याउने पाहुनाको सूची पनि तयार पारेका छन् ।
भारतीय मिडियाका अनुसार बिहे आगामी २० नोभेम्बरमा हुँदै छ । दीपिका र रणवीरले इटालीको लेक कोमो सहरमा विवाह गर्ने कुरा बाहिर आएको छ । दीपिका र रणवीरले बिहेमा ३० जनालाई मात्र बोलाउने निर्णय गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यसमा नातागोता र केही साथी मात्र सामेल हुनेछन् । अहिलेसम्म कुनै बलिउड सेलेब्रिटी बिहेमा सामेल हुने खबर बाहिर आएको छैन । अनुष्का र विराटले बिहेमा १०० करोड भारु खर्च गरेका थिए । तर, रणवीर र दीपिकाले त्योभन्दा ज्यादा खर्च गर्ने अनुमान गरिएको छ ।