Friday, July 30, 2021
घरविशेषटेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

काठमाडौँ — सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

सरकारले भण्डारीलाई शुक्रबार ३ दिने म्याद दिएर पदबाट किन बर्खास्त नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो। साउन २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई दोस्रो पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

यसअघि वैशाख २४ गतेको मन्त्रिपरिषद्ले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो। भण्डारीको स्पष्टिकरणपछि जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यसम्पादन सुधार्न ११ बुँदे निर्देशन दिएको थियो।

खुला प्रतिस्पर्धाबाट तीन वर्षका लागि प्रबन्ध निर्देशक बनेकी भण्डारीको कार्यकाल अझै एक वर्ष बाँकी थियो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments