Tuesday, October 26, 2021
घरसमाचारचौथो संकरणको नेपाल हायर एजुकेशन फेयर हुँदै

चौथो संकरणको नेपाल हायर एजुकेशन फेयर हुँदै

२९ साउन, काठमाण्डौ ।चौथो संकरणको नेपाल हायर एजुकेशन फेयर भदै १ र २ गते काठमाण्डौमा हुने भएको छ । भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डट कम को आयोजनामा मेला हुन लागेको. आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । स्वदेशी शिक्षा सबैको ईच्छा भन्ने मुख्य उधेश्यका साथ आयोजन हुन लागेको मेलामा नेपालका ४० भन्दाबढी कलेजहरु सहभागी हुने भिजन मिडिया इन्कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत जीवन लामाले बताए । उच्च शिक्षाकालागी विद्यार्थीहरु विभिन्न मुलुक जान थालेपछि नेपालमै गुणस्तरीय शिक्षा छ है भन्ने सन्देश दिनकालागी मेलाको आयोजना गरीएको गोलेको भनाई छ । मेलामा विद्यार्थीहरुले निशुल्क शैक्षीक परामर्श प्राप्त गर्ने बताईएको छ ।

शुक्रबार र शनिबार काठमाण्डौको दरबारमार्गमा रहेको होटल अन्नपुणमा विहान १० बजेदेखि साझ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । मेलामा विद्यार्थीहरुकालागी विभिन्न विषय र शैक्षीक संस्थाका बारेमा जानकारी गराईने छ भने मेलाका अवलोकन कर्ताहरुलाई लक्किड्र मार्फत विभिन्न पुरस्कार समेत प्रदान गरीने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments