Tuesday, November 30, 2021
घरखेलकुदनेपाल एथलेटिक्स संघको निर्वाचन स्थगित

नेपाल एथलेटिक्स संघको निर्वाचन स्थगित

काठमाण्डौ । नेपाल एथलेटिक्स संघको निर्वाचन स्थगित भएको छ । एथलेटिक्स संघले यसघि साउन २९ गते चितवनको सौराहमा साधरण सभा तथा निर्वाचन गर्ने भनेको थीयो । संघले सार्वजनिक सुचना जारी गर्दै ईन्डोनेशियामा हुने १८ औं एशियाली खेलकुदमा सहभागीता जनाउन केही प्रकृया पुरा गर्नुपर्ने भएकाले समधरण सभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ । साथै संघले १८ औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई आज एक कार्यक्रमकाबिच बिदाई गरेको छ ।

नेपालका तर्फबाट १८ औं एशियाली खेलकुदमा एथलेटिक्स खेलाडी याम साजन सुनुवार ले एक सय मिटरमा सहभागी हुने छन् । यस्तै सोम बहादुर कुमालले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै सरस्वती भट्टराईले आठ सय र पन्ध्र सय मिटरमा सहभागी हुँदैछन् । विश्वरुपा बुढाले पाँच सय मिटरमा सहभागीता जनाउदै छन् ।यस्तै गोपिचन्द्र पार्की र कृष्णबस्नेतले म्याराथुनमा सहभागी हुने संघले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments