जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भदै २ गते प्रदेश २ को प्रदेशसभालाई संबोधन गर्ने भएका छन् । उनले भदौ २ गते विहान ११ बजे संबोधन गर्ने कार्यक्रम भएको प्रदेश २ का सभामुख सरोज कुमार यादवले बताए । प्रदेशसभालाई संबोधन गर्न प्रधानमन्त्री भदौ २ गते आउने तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
आधिकारीक पत्र प्राप्त नभएपनि सम्बोधनको तयारी प्रक्रिया सुरु भएको प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले बताए । प्रधानमन्त्री ओलीले प्रदेश १, प्रदेश ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभालाई संबोधन गरिसकेका छन् ।