धनुषा । नेकपाका नेता एवं पूर्व नेकपा माओवादीका पोलिटब्यूरो सदस्य श्याम यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । एक वर्ष अघिको हातहतियार तथा खरखाजाना मुद्दामा यादवलाई मंगलबार पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । यादवलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको जनाईएको छ ।