Wednesday, June 16, 2021
घरअर्थ र विकासगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तिव्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तिव्र

भैरहवा । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्षदेखि संचालनमा ल्याउने गरि काम भईरहेको छ । सन २०१९ को सेप्टेम्वर २७ मा विश्व पर्यटन दिवसको अवसरमा पहिलो उडान भर्नेगरि तयारी भईरहेको आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिए । आगामी वर्षदेखि नै व्यवसायिक उडान भर्नेगरि काम तिव्र गतिमा अघि बढेको शर्माले बताए । हाल विमानस्थलको प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा छ ।

विमानस्थल पार्किङ क्षेत्र, पानी ट्यांकीलगायत राख्ने काम पनि धमाधम निर्माण भैरहेका छन् । ६ अर्ब २२ करोड ५१ लाख रकम लागतमा निर्माणाधीन विमानस्थल निर्माणकार्यको ठेक्का चिनियाा कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको छ । सन २०१५ मा कम्पनीले सन् २०१७ डिसेम्बरमा काम सम्पन्न गर्ने सम्झौता गरेपनि अहिले सन् २०१९ को जुन महिनासम्म म्याद थप गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments