नुवाकोट । बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटको बोहोरे खोलामा तीनवटा मिनिट्रकमा आगजनी र तोडफोड भएको छ । बालुवा बोकेर काठमाडौंका लागि छुटेका बा ४ ख ८५१६, बा ५ ख २१३० र बा ५ ख २१३२ नम्बरका मिनिट्रकमा आगजनी र तोडफोड भएको नुवाकोटका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । ८५१६ नम्बरको मिनिट्रकमा आगो लगाएको र अरु २ वटामा ढुँगा हानिएको बताइएको छ । प्रहरीका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका ८ मा पर्ने बोहोरे खोलामा बिहान सवा ७ बजेतिर ७–८ जनाको समूहले आगजनी र तोडफोड गरेको हो । उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताए ।