नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम आज बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आगजनी गरेकाले उक्त का त्यही पार्टीका कार्यकर्ताहरुले गरेको आशंका प्रहरीले गरेको छ ।
पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम आगजनी
RELATED ARTICLES